(१) संविधान र प्रचलित संघीय कानूनले आयोगले निर्वाचन गराउनु पर्ने भनी तोकेको निर्वाचन बाहेकका अन्य कुनै निकाय वा संगठित संस्थामा हुने निर्वाचन प्रयोजनको लागि कुनै प्रकारको विशेषज्ञ सेवा आवश्यक परेमा सम्बन्धित निकाय वा संगठित संस्थाले त्यस्तो सेवा उपलब्ध गराइदिन आयोगलाई अनुरोध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निकाय वा संगठित संस्थाबाट निर्वाचन सम्बन्धी कुनै प्रकारको विशेषज्ञ सेवाको लागि अनुरोध भई आएमा आयोगले त्यस्तो निकाय वा संस्थाको सञ्जाल तथा ख्याती र निर्वाचनको प्रकृति समेतलाई विचार गरी आवश्यक विशेषज्ञ सेवा दिन वा अन्य सहयोग गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै निकाय वा संस्थाको निर्वाचन गराउन आयोगले सहयोग गरेको अवस्थामा निर्वाचनमा प्रयोग हुने सामग्रीको व्यवस्थापन सम्बन्धित निकाय वा संस्थाले नै गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम कुनै निकाय वा संस्थाको निर्वाचन गराउन आयोगले सहयोग गरेकोे अवस्थामा सो कार्यमा संलग्न हुने आयोगका कर्मचारीलाई दिइने पारिश्रमिक तथा भत्ताको आवश्यक व्यवस्था सम्बन्धित निकाय वा संस्थाले नै गर्नु पर्नेछ ।